लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली टोली आज श्रीलङ्का जाँदै – Kanika Khabar
Thursday, May 16Nepali News Portal

लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली टोली आज श्रीलङ्का जाँदै

    मा प्रकाशित

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलङ्का प्रस्थान गर्दै छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोली आज बिहान श्रीलङ्का प्रस्थान गर्ने जनाएको छ।

 

सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्सीय टोलीले श्रीलङ्कामा त्यहाँको पहिलो श्रेणीको क्लबसँग ४ अभ्यास खेल खेल्ने छ।नेपाली टोली श्रीलङ्काबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

 

उक्त सिरिजमा नेपालले युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ।पीएनजीविरुद्ध नेपालले सिरिजको पहिलो खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा खेल्नेछ। नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ। नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ।नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्