नेपालमा थप एकको मृत्यु संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुग्यो – Kanika Khabar
Thursday, May 2Nepali News Portal

नेपालमा थप एकको मृत्यु संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
आसार ३, कोहलपुर

नेपालमा थप एकको मृत्यु कोरोना संक्रमणबाट भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

न्यूरोसम्बन्धी समस्याका कारण आइतबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर भर्ना गरिएकि कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । र, बधुबार साढे ११ बजेतिर उनको निधन भयो ।

साँझ उनको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्