प्रहरी सुधार सम्बन्धी एक कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर – Kanika Khabar
Sunday, May 5Nepali News Portal

प्रहरी सुधार सम्बन्धी एक कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर

    मा प्रकाशित

कनिका डेस्क
असार ३, दाङ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युलाई लिएर देशव्यापी विरोध प्रदर्शन भएपछि प्रहरी सुधार सम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा आयोजित कार्यक्रमबीच उक्त आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले नयाँ आदेशले प्रहरीको दैनिक कार्यमा व्यापक परिवर्तन ल्याउने अपेक्षा गरे ।

ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुअघि प्रहरी कारबाहीमा मारिएका केही अश्वेत नागरिकका परिवारजनसँग भेटघाट गरेका थिए । तर ह्वाइट हाउस समारोहमा राष्ट्रपति ट्रम्पले अमेरिकी प्रहरीका साहसिक कार्यहरुका बारेमा खुलेर प्रशंसा पनि गरेका थिए ।

राष्ट्रपति ट्रम्प र कंग्रेसमा रिपब्लीकन सांसदहरुबीच प्रहरी निर्दयता र जातीय विभेदका विरुद्ध अमेरिकी शहरहरुमा जारी प्रदर्शनलाई सम्बोधन गर्ने उपायको खोजी हुन थालेको छ । यी दुई विषयले राजनीतिक रुप पनि लिएको छ ।

ट्रम्पको कार्यकारी आदेशमा अत्यधिक शक्तिको प्रयोग गर्ने प्रहरीहरुको राष्ट्रव्यापी रेकर्ड राखिने उल्लेख छ । सामान्यतया प्रहरी ज्यादतीको विवरण राख्ने गरिए पनि त्यसलाई गोप्य राख्ने गरिएको थियो । कुनै प्रहरीमाथि लाञ्छना लागेको छ छैन भन्ने थाहा पनि विगतमा कठिन हुने गरेको थियो ।

राष्ट्रपति ट्रम्पले कुनै प्रहरीमाथि आफ्नो जीउज्यानमा खतरा नहुँदासम्म कुनै पनि व्यक्तिलाई घाँटी थिचेर नियन्त्रणमा ल्याउन प्रतिबन्ध लगाएको बताए । राष्ट्रपति ट्रम्पले आफूले हस्ताक्षर गरेको कार्यकारी आदेश ऐतिहासिक बताउनु भए पनि विपक्षी डेमोक्र्याट र आलोचकहरुले राष्ट्रपतिको आदेश पर्याप्त नभएको बताएका छन् ।

सिनेटमा डेमोक्र्याटिक पार्टीका नेता चक सुमर तथा सभामुख न्यान्सी पेलोसीले विगत वर्षमा हासिल भएका उपलब्धिलाई पनि नयाँ आदेशले नजरअन्दाज गरेको भन्दै रोश प्रकट गरेका छन् । –एपी

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्