हात्तीको सिकार गर्न स्यालहरुले मोर्चा कसे : ओली – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

हात्तीको सिकार गर्न स्यालहरुले मोर्चा कसे : ओली

    मा प्रकाशित

चैत्र ५, दाङ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनथर्फ संकेत गर्दै हात्तीको सिकार गर्न स्यालहरुले मोर्चा कसेको कटाक्ष गरेका छन् । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनतर्फ संकेत गर्दै स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने जीकिर गरेका हुन् । अध्यक्ष ओलीले गठबन्धनलाई स्याल र एमालेलाई हात्तीको संज्ञा दिएका छन् ।

नेकपा एमाले सम्पर्क कमिटीले आज शनिबार काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नामै लिएर एमालेले जिताइदिएका जनप्रतिनिधिको कार्यकाल अब सकिएको बताएका हुन् ।

‘प्रचण्डजी, हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ, भाँडो त सिद्धिसक्यो त,’ उनले भने, ‘हामीले टाँसिदिएका जुँगामा ताउ लाउने ?’ यो चुनावले बनाएको गठबन्धन हो र ? ओलीले प्रश्न गर्दै भने, ‘अदालतले बनाएको काँचो सिसाले बनाएको गठबन्धन हो।’
अध्यक्ष ओलीले आसन्न स्थानीय निर्वाचनमा एमालेले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने समेत बताएका छन् बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्