दाङमा थप ३ जनामा कोरोना पुष्टि – Kanika Khabar
Sunday, April 28Nepali News Portal

दाङमा थप ३ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार दाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा तुलसीपुरका २ र शान्तिनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शान्तिनगर गाउँपालिकामा संक्रमित भेटिएको यो पहिलो घटना हो । तुलसीपुर उपमहानगरपालिका–१५ को भिउडर माविको क्वारेन्टाईनमा रहेका ५६ जना मध्य एक जना ४७ बर्षिय पुरुष, तुलसीपुर–१५ कै मावि कालाखोला क्वारेन्टाईनमा रहेका ४६ जना मध्य २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

त्यसैगरी शान्तिनगर गाउँपालिका–३ स्थित जनकल्याण मावि बाघमारे क्वारेन्टाईनमा रहेका ९१ जना मध्य ४८ बर्षिय पुरुषमा कोरोना देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्