खोटाङका ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ – Kanika Khabar
Thursday, June 25Nepali News Portal

खोटाङका ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    मा प्रकाशित

कनिका संवाददाता
असार ६, खोटाङ
खोटाङका ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना सङ्क्रमण नभएको पाइएको छ । बन्दाबन्दीका बेला घर फर्किएका स्थानीय, कोरोना संक्रमण रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । जसमा हलेसी तुवाचुङ नगरपालिकाका मात्र ३९ जना रहेका छन् ।

उनीहरुको स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि असार एक गते बिराटनगर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म एक सय १४ जनाको पिसिआर परीक्षण गरिएकोमा चार जना संक्रमित फेला परेका थिए । साथै संक्रमित सबै निको भएर डिस्चार्ज भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्