एमसिसीको पास नगर्न साना दलको आग्रह – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

एमसिसीको पास नगर्न साना दलको आग्रह

    मा प्रकाशित

कनिका संवाददाता
 दाङ,९ असार ।

राष्ट्रलाई विखण्डन गर्ने एमसीसी सम्झौता खारेज गर्न साना दलहरुले सरकारलाई आग्रह गरेका छन् । एमसीसी सम्झौताको खारेजीको माग गर्दै संयुक्त संघर्ष समिति दाङद्वारा आयोजना गरिएको विरोधसभालाई सम्वोधन गर्ने राजनीतिक दलका नेताहरुले राष्ट्रियता र स्वाधिनताका लागि एमसीसी पास गर्न नहुने बताएका थिए । उनीहरुले विकासका नाममा अमेरिकाले नेपाललाई कव्जा गरेर चिनलाई घर्ने योजनामा रहेको समेत बताएका थिए । त्यसको जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेपाली कांग्रेस जालमा फसेको आरोप लगाएका थिए ।

विरोध कार्यक्रमलाई नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समिर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा मालेका जिल्ला सदस्य कपिलदेव पोख्रेल, राष्ट्रिय जागरण अभियानका कृर्तिबहादुर चौधरीलगायतले विरोधसभालाई सम्वोधन गरेका थिए । कार्यक्रमको सहजीकरण सुशील पोख्रेलले गरेका थिए । विरोध कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल,नेकपा माले, राष्ट्रिय जागरण मञ्चलगायतका पार्टीको सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्