आज देशका अधिकांश स्थानमा वर्षा – Kanika Khabar
Sunday, August 23Nepali News Portal

आज देशका अधिकांश स्थानमा वर्षा

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ
आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावले देशभर नै मौसम बदली रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभाग नजिक रहेको र न्यूनचापीय रेखा नेपालतर्फ हुँदा मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।

अहिले प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । अहिले सामान्य बदली रहेको वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेश तथा कर्णालीका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षापछि कोशी, नारायणी सहित शाखा नदी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्नेछ । तर सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्