आज देशका अधिकांश स्थानमा वर्षा – Kanika Khabar
Monday, April 29Nepali News Portal

आज देशका अधिकांश स्थानमा वर्षा

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ
आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावले देशभर नै मौसम बदली रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभाग नजिक रहेको र न्यूनचापीय रेखा नेपालतर्फ हुँदा मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।

अहिले प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । अहिले सामान्य बदली रहेको वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेश तथा कर्णालीका एक÷दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षापछि कोशी, नारायणी सहित शाखा नदी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्नेछ । तर सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्