सुनको मूल्य तोलामा ५०० घट्यो – Kanika Khabar
Saturday, May 4Nepali News Portal

सुनको मूल्य तोलामा ५०० घट्यो

    मा प्रकाशित

कनिका खबर
असार १२, दाङ ।
आज शुक्रबार नेपालको सुन बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९० हजार ६ मा कायम भएको छ।

बिहीबार सुन ९१ हजार १ सयमा कारोबार भएको थियो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार एक सय ६० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य ९ सय ४० रुपैयाँमा पुगेको छ। यो अघिल्लो दिनको तुलनमा प्रतितोला ५ रुपैयाँ महँगो हो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्