भारतमा कोरोना संक्रमित हुनेको संख्या साढे पाँच लाख नजिक – Kanika Khabar
Thursday, April 16Nepali News Portal

भारतमा कोरोना संक्रमित हुनेको संख्या साढे पाँच लाख नजिक

    मा प्रकाशित

कनिका डेस्क
असार १५, दाङ
भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या पाँच लाख ४८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा थप १९ हजार चार सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घन्टामा तीन सय ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या पाँच लाख ४८ हजार तीन सय १८ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ हजार चार सय ७५ पुगेको छ । भारत दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित मुलुक हो । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । त्यसपछि क्रमशः राजधानी दिल्ली, तमिलनाडू, गुजरात, राजस्थान प्रभावित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्