सडकलाई सौन्र्दयकरण गर्न फूल जातका बिरुवा लगाईने – Kanika Khabar
Monday, May 6Nepali News Portal

सडकलाई सौन्र्दयकरण गर्न फूल जातका बिरुवा लगाईने

    मा प्रकाशित

सरद सागर देबकोटा
असार १७, दाङ ।

लमही नगरपालिका वडा नम्बर ७ को वनघुस्री क्षेत्रको सडकलाई सौन्र्दयकरण गरिने भएको छ । सडक सौन्र्दय करणका लाग विभिन्न फूल जातका २ सय बढी बिरुवा लगाईने भएको छ । डिभिजन वन कार्यालय देउखुरीले लमही नगरपालिका वडा नम्बर ७ वनघुस्रीमा सडक सोन्दर्यकरणको लागि फूलजातका बिरुवा लगाउने भएको हो ।
प्रदेश वन मन्त्रालय मार्फत प्राप्त दश लाख रुपैयाको लागतमा अलवनडा, सेतो, पहेलो, करेटन, एक जोडा, रङबदल, निलकमल, टिकोमा प्रजाति, युनिस पास ग्रीन टिबुलिया, लगातयका मुल्ययवान फूलजातका बिरुवाहरु लगाईने र संरक्षणका लागि तारजालीको व्यवस्था गरिने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरन प्रसाद चौधरीले जानकारी दिए । सामान्य तया बजारको मुख्य क्षेत्र राजमार्गको बिचमा फूलहरु लगाई सडकको सौन्र्दयता बढाउने चलन हुन्छ तर लमही नगरपालिकाको मुख्य र।जमार्ग लगायत अन्य बजारका सडकहरुमा सो व्यवस्था नभएका कारण पनि बजारमा ततकालका लागि सौन्र्दयकरण गर्न उपयुक्त स्थान नपाईएको र लमही नगरपालिकासँगको सहमतिमा वनघुस्री होमस्टेसम्मका लागि सडक सुन्दरीकरण कार्यक्रम गरिने डिभिजन वन कार्यालय देउखुरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्