गोरखाको सहिद लखन गाउँपालिकाका चार जना कोरोना सङ्क्रमित डिस्चार्ज – Kanika Khabar
Sunday, May 31Nepali News Portal

गोरखाको सहिद लखन गाउँपालिकाका चार जना कोरोना सङ्क्रमित डिस्चार्ज

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, गोरखा
गोरखाको सहिद लखन गाउँपालिकाका चार जना कोरोना सङ्क्रमित आज डिस्चार्ज भएर घर फर्किएका छन् । भारतबाट आएर शहिद लखन गाउँपालिका वडा नं सात बुकोंटको शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका ५४, ३१, ३८ र २७ वर्षका पुरुषमा गत असार पाँच गते कोरोना सङ्क्रमण पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि उनिहरुलाई गोरखा अस्पतालको आईसोलेसनमा राखिएको थियो ।

पुनः कोरोना परिक्षण गर्दा कोरोना संक्रमण नदेखिएपछि होम क्वारेन्टाइनमा बस्नको लागि अनुरोध सहित आईसोलेसनबाट घर पठाइएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । अन्य कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको हुदा गाउँपालिका बासिलाई पनि बिचलित नभइ पुर्ण सावाधानी अपनाउन पनि अध्यक्ष थापा मगरले अनुरोध गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्