काठमाडौंमा थपिए ५४ कोरोना संक्रमित – Kanika Khabar
Sunday, September 20Nepali News Portal

काठमाडौंमा थपिए ५४ कोरोना संक्रमित

    मा प्रकाशित

कनिका संवाददाता
असार २२, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

यो संगै पछिल्लो २४ घण्टामा एक सय ८० थपिएसँगै कोरोना सङक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ भने हालसम्म ६ हजार आठ सय ११ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्