नेपाल वायुसेवा निगमका १४ जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

नेपाल वायुसेवा निगमका १४ जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
असार २२, काठमाडौं

नेपाल वायुसेवा निगमका १४ जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज आएको पिसिआर परीक्षण रिपोर्टमा चालक दलका ३ जना पाइलट सहित १४ जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्दार उडानमा संलग्न रहेको पनि उहाँले बताउनुभयो । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ । यसअघि हिमालय एयरलाइन्स क्याप्टेन र फ्लाइट एटेन्डेन्टमा पनि कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्