कोरोना भाइरसको सङ्क्रमण हावाबाट पनि फैलिन थालेको विश्व स्वास्थ्य संगठनको भनाइ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

कोरोना भाइरसको सङ्क्रमण हावाबाट पनि फैलिन थालेको विश्व स्वास्थ्य संगठनको भनाइ

    मा प्रकाशित

कनिका डेस्क
असार २४, दाङ
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमण हावाबाट पनि फैलिँदै गएको कुरा सत्य भएको बताएको छ । वैज्ञानिकहरुको एक समूहले दिएको चेतावनी पछि संगठनले हावाबाट कोरोना भाइरस फैलिने विषयमा अध्ययन सुरु गरेको छ । डब्ल्यूएचओका प्राविधिक प्रमुख डाक्टर मारिया भेन केरखोवले कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिएको प्रमाणलाई स्विकार गर्दै मानिसलाई झन् बढी सचेत रहनुपर्ने बताउनुभयो ।

उहाँले कोरोना भाइरस हावाको माध्यमबाट फैलिएको विषयमा प्रमाण फेला परेपनि निश्चित रुपले कसरी हावामा कोरोना संक्रमण फैलिँदै छ त्यस विषयमा भने थप अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो । सार्वजनिक स्थान, विशेषगरि भिडभाड भएको क्षेत्र, कम हावा हुने र बन्द ठाउँमा हावाको माध्यमबाट भाइरस फैलिएको कुरा सत्य रहेको भन्दै उहाँले यस विषयमा थप अनुसन्धान गरेर प्रमाण जुटाउनु आवश्यक रहेको बताउनुभयो । यसअघि सम्म विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मुख्य रुपले संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सूक्ष्म छिटाहरुको माध्यमबाट फैलिने गरेको बताउँदै आएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्