बाग्लुङमा ४२ जनाले जिते कोरोना – Kanika Khabar
Sunday, May 31Nepali News Portal

बाग्लुङमा ४२ जनाले जिते कोरोना

    मा प्रकाशित

कनिका खबर
असार २४, बाग्लुङ ।
जिल्लाको पछिल्लो अद्यावधिक अनुसार बागलुङमा एकै दिन ४२ जनाले कोरोना भाइरस संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका ७ र बुर्तिवाङस्थित दुई वटा प्रि–आइसोलेसनमा बसेका ३५ गरेर ४२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् ।
उनीहरु सबैको दोस्रो पटकको स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्