हिरासतका बारेमा म नै अचम्मित छु ः उपाध्याय – Kanika Khabar
Saturday, April 27Nepali News Portal

हिरासतका बारेमा म नै अचम्मित छु ः उपाध्याय

    मा प्रकाशित

कख डेस्क
बैशाख १५, दाङ
सामाजिक सञ्जालमा स्टाटस लेखेकै कारण चार दिनपछि हिरासत मुक्त भएका पूर्व सचिव भीम उपध्यायले आफूले सरकारको आलोचना नगरेको बताएका छन् । सामाजिक सञ्जालमा लेखिएका स्टाटस सरकारको आलोचना भन्दा पनि एक असल नागरिकका रुपमा सरकारका कमिकमजोरी औल्याइएर सचेत बनाउनका लागि लेखिएको जानकारी दिए ।

आज सोमबार हिरासत २५ हजार धरौटीमा हिरासत मुक्त भएपछि कनिका खबरसँग कुरा गर्दै उपाध्यायले भने, ‘‘सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले काम गर्ने त्रलममा कुनै त्रुटि, कमिकजोरी हुन सक्छन्, त्यस्तो भएको खण्डमा निगरानी राख्ने, कमजोरी औंल्याउने, सल्लाह सुझाव दिने हामी नागरिकको कर्तव्य हो, मैले त्यही कर्तव्य पूरा गरेको हुँ ।’’ कनिकासँगको संवादमा उनले भने, ‘‘वाक् स्वतन्त्रता हरेक नागरिकमा छ, चित्त नबुझेका कुरामा बोल्न पाउने, लेख्न पाउने अधिकार संविधानतः हरेक नागरिकमा छ, यसरी बोल्दै र लेख्दैमा हिरासतमा लिइहाल्नु पर्ने हुँदैन, मैले लेखेका स्टाटसमा कसैलाई अपमानबोध भएर उजुरी दिएको भए मलाई बोलाएर सोधेको भए पनि हुन्थ्यो त्यसरी थुन्न पर्दैनथ्यो, मुद्दा चलाउन पनि जरुरी थिएन, किन यस्तो भयो म नै आश्चर्य चकित परेको छु ।’’

आफूलाई चित्त नबुझेका कुरामा कहिले आलोचनात्मक त कहिले व्यङ्ग्यात्मक रुपमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएको जनाउँदै उपाध्यायले भने, ‘‘मैले कुनै पनि साम्प्रदायिक तथा सद्भाव खलबलाउनका लागि लेखेको होइन, ‘वाच डग’का रुपमा लेखेको हँु ।’’

उपाध्यायले केही दिन पहिले जमाती समूहका बारेमा लेखेको स्टाटसलाई आधार बनाएर मुस्लिम समुदायका एक व्यक्तिले गृह मन्त्रालयमा साइबर क्राइमको मुद्दा पेस गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्