आज प्रतिनिधिसभाको बैठक, बैकिङ कसुर तथा सजाय र भन्सार विधेयक प्रस्तुत – Kanika Khabar
Thursday, June 25Nepali News Portal

आज प्रतिनिधिसभाको बैठक, बैकिङ कसुर तथा सजाय र भन्सार विधेयक प्रस्तुत

    मा प्रकाशित

काठमाडौँ, १२ कार्तिक ।
आज आइतबार संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेस गर्ने तालिका छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्