`बालबालिकालाई मायाले सुधारौँ ´ – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

`बालबालिकालाई मायाले सुधारौँ ´

    मा प्रकाशित

तुलसीपुर । तुलसीपुर मेट्रो कलेज बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थी पारस वली बालबालिकाहरु दण्डका कारण अमर्यादित बन्दै गएको बताए ।

कलेजले आयोजना गरेको बाल न्याय प्रणाली सुधारात्मक कि दण्डात्मक भन्ने वादविवाद प्रतियोगितामा बोल्दै उनले बालबालिकाहरु शारीरिक दण्डले भन्दा पनि मानसिक सचेतनाले सुध्रने बताए ।
नेपालको कानूननले पनि बालबालिकालाइ दण्डात्मक भन्दा पनि सुधारात्मक कुरामा जोड दिएको उनको भनाई थियो ।

कतिपय बालबालिकाहरुले नियोजितरुपमा पनि अपराधमा आफुलाई संलग्न गराउने गरेको पनि उनको तर्क थियो । बालबालिकालाई सजाय कम हुने भएका कारणले गर्दा कतिपय अपराधिक मानसिकता भएका मानिसहरुले अपराधमा निरन्तर बालबालिकाको प्रयोग गरिरहेको उनको बुझाइ थियो ।
‘कतिपय सन्दर्भमा बालकले नियोजित रुपमा पनि अपराध गरिरहेको हुन्छ जस्तो कुनै बालकले बलत्कार गर्छ भने त्यो कसरी अपरिपक्वता भयो ? ‘ उनले भने । बालबालिकालाई अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्नुपर्ने उनको भनाई थिये । पारस सहित तिर्सना रोकाया र कुसुम भण्डारीको समुहले प्रथम स्थान हासिल गरेका थिए ।
कुनै पनि १८ वर्ष मुनिको बालकले अपराध गर्छ भने त्यसलाई परिपक्व मानिस सरह सजाय दिन नहुने तर्क राख्दै विद्यार्थी दुर्विन वलीले मानसिक परिपक्वता विना नै बालकले अपराध गर्ने हुँदा राज्यका अंगहरुले त्यसलाई कडा सजायको भागिदार बनाउन नहुने तर्क राखेका थिए ।
सो असरमा दुर्विन वली,समिर पोख्रेल र निराजन आचार्यको समुह दोस्रो भएको थियो । प्रतियोगिता समुहगतरुपमा आयोजना गरिएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा शिक्षकहरु अपिल आचार्य,सुष्मा केसी र विद्यार्थी शिशिर पोख्रेलले निर्णायकको भुमिका निर्वाह गरेका थिए । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रमको आयोजना गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्