रक्तदान कार्यक्रम सम्पन्न – Kanika Khabar
Saturday, May 2Nepali News Portal

रक्तदान कार्यक्रम सम्पन्न

    मा प्रकाशित

कनिका संवाददाता
असार २९, भक्तपुर
कोभिड– १९ को विषम परिस्थितिमा चौतर्फी रुपमा बढिरहेको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ भक्तपुरको याछे ६ स्थित गणेश मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । भक्तपुर टिम ब्लडपल र समाज सेवा समितिको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदातालाई सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी ७१ जनाले रक्तदान गरेका छन् । संकलित रगत रेडक्रस भक्तपुरलाई हस्तान्तरण गरिएको टीम ब्लडपलका प्रमुख संयोजक सुरेश मानन्धरले जानकारी दिनुभयो । प्रस्तुत कार्यक्रममा कार्यक्रम संयोजक तथा ब्लडपलका सक्रिय सदस्य सन्जु नापित तथा समाज सेवा समितिका सचिव बाबुकाजी रन्जितकार द्वारा सयुक्त रुपले सम्पुर्ण रक्तदाताहरु, स्वयंसेवक, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर लगायत समाज सेवा समितिलाई धन्यवाद प्रकट गर्नुका साथै प्रसंशा पत्र वितरण गर्नु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्