प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको प्रचण्डको आरोप – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको प्रचण्डको आरोप

    मा प्रकाशित

कनिका खबर
साउन ९, दाङ
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गर्नुभएको छ । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा अब के हुन्छ ? महाधिवेशन हुन्छ कि हुन्न ? पार्टी विभाजन त हुने होइन भन्ने आम कार्यकर्ताको जिज्ञासा प्रति आफू जानकार रहेको बताउनुभयो । कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वमा चलने र व्यक्तिगत जिम्मेवारी लिएर हिँड्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा सामुहिक नेतृत्व नभएको धारणा राख्नुभयो ।

कम्युनिस्ट विचार, माक्र्सवाद अनुसार पार्टी भनेको विवेक र सरकार भनेको सत्ता भएको भन्दै उहाँले सत्ताले पार्टीमाथि हैकम जमाउने स्थिति आएको बताउनुभयो । यस्तो अवस्था वैज्ञानिक मान्यताभन्दा बाहिरको हुने अध्यक्ष प्रचण्डको भनाइ थियो । पार्टीले जनतालाई सुशासन दिन्छौं भनेको तर भ्रष्टाचारसँग जोडिएर श्रृङ्खलाबद्ध रूपमा उठेका प्रश्नहरूको निरुपण गर्न कति सफल भयौं वा भएनौं ? भनेर हेर्नुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो । नेकपा अध्यक्ष प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने पार्टीको निर्णय भएको पनि बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्