कनिका खबर
साउन १३, दाङ ।
युभेन्ट्सले सिरी ए फुटबलको उपाधि उचालेको छ । गएराति साम्पोडियालाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि उचालेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गर्नुभयो । मौरिजियो सर्री नेतृत्वको युभेन्ट्सले दुई खेल अगावै लिग उपाधि आफ्नो पक्षमा पारेको हो । उसले दोस्रो स्थानको ईन्टर मिलानसँग ७ अंकको अग्रता समेत बनाएको छ । च्याम्पियन युभेन्ट्सको ८३ अंक छ । दोस्रो स्थानको ईन्टरको ७६ अंक छ । साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा छ ।
मा प्रकाशित