शिक्षा क्षेत्र सुधारका लागि एमाले नेता तामाङले दिए मन्त्री पन्तलाई ११ बुँदे सुझाव – Kanika Khabar
Saturday, June 27Nepali News Portal

शिक्षा क्षेत्र सुधारका लागि एमाले नेता तामाङले दिए मन्त्री पन्तलाई ११ बुँदे सुझाव

    मा प्रकाशित

काठमाडौँ, १२ वैशाख ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई नेकपा एमाले नेता शेरबहादुर तामाङले शिक्षा क्षेत्रमा गर्नुपर्ने विभिन्न कामको बारेमा ११ बुँदे सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट नेता तामाङले शिक्षामन्त्रीमा नियुक्त भएकोमा पन्तलाई बधाई तथा सफलताको शुभकामना दिँदै उनले शिक्षा क्षेत्रमा गर्नुपर्ने कामका सन्दर्भमा ११ बुँदे सुझाव दिएका हुन् ।

यस्ता छन् शिक्षा क्षेत्रमा सुधार गर्नको लागि तामाङले दिनुभएका सुझावहरू:

१. विद्यालय शिक्षालाई बिहानी सिफ्टमा चलाउने (यस विषय र यसबाट हुने लाभको बारेमा विस्तृत रूपमा तपाईँसँग लिखित रूपमा भेटमा राख्नेछु ।)

२. वर्तमान शिक्षक आन्दोलनलाई वार्ताद्वारा तत्काल समाधान गर्ने ।

३. विद्यालय शिक्षामा नेपाली मोरल एण्ड भ्यालुज पढाउने गरी नैतिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला ।

४. समृद्ध राष्ट्र निर्माण गर्ने आधार नै शिक्षा भएकोले विद्यालय शिक्षादेखि नै नेपाली उत्पादन, नेपालको माटो, नेपालको प्राकृतिक साधन स्रोत र नेपालमै हुने आम्दानीको बारेमा पढाउने व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला ।

५. सम्भव भए डिप्लोमा पास गरे पछि मात्रै नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने व्यवस्था मिलाउन कोसिस गर्नुहोला ।

६. विदेशी युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजहरूले जति पनि विद्यार्थी भर्ना गर्न पाउने तर नेपालका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजहरूलाई सीमित कोटा तोक्ने र नियोजन गर्ने कुरा तत्काल बन्द गर्नुहोला ।

७. विद्यालयहरूको तत्काल म्यापिङ थाल्नुहोला र विद्यालयहरूलाई मर्ज गरेर आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागु गर्नुहोला ।

८. विद्यालयहरूलाई दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रूपमा विकास गर्न कार्यक्रम अगाडि बढाउनुहोला ।

९. काम गर्दै छ पढ्दै छ कार्यक्रमको बारेमा अध्ययन थाल्नुहोला ।

१०. प्राविधिक तथा व्यावसायिक शिक्षामा बढी ध्यान दिनुहोला ।

११. सम्भव भए सबै शिक्षक कर्मचारी तथा सरकारी तलब भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्