मा प्रकाशित
काठमाडौँ, १३ वैशाख ।
नेपाली काङ्ग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो ।
एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।


