सरकार – शिक्षक वार्ता : जुटेन सहमति – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

सरकार – शिक्षक वार्ता : जुटेन सहमति

    मा प्रकाशित


काठमाडौँ, १६ वैशाख ।
सरकार र आन्दोलनरत शिक्षकबिच आज अबेर बसेको वार्तामा सहमति कायम हुन सकेको छैन । आज सहमति जुटाउने प्रयासका साथ बसेको वार्ता निष्कर्षविहीन भएको हो ।

मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री रघुजी पन्तसहितका पदाधिकारीहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेको बताइएको छ ।

भोलि टुंग्याउने गरी आजलाई वार्ता सकिएको नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए ।

वार्ता सकिएपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएपनि थप बोलेनन् । उनले भने, ‘हामी शिक्षकहरूसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’

आजको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णुपूसाद पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । अर्थमन्त्री पौडेल करिब एक घण्टा वार्तामा सहभागी भएर निस्किएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्