आज मन्त्रिपरिषद्को बैठक बस्दै – Kanika Khabar
Saturday, June 27Nepali News Portal

आज मन्त्रिपरिषद्को बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, २५ वैशाख ।
आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजेका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।

सरकारले टुङ्गो नलगाउँदा राष्ट्र बैंक गत चैत २५ गतेदेखि गभर्नर विहीन छ । अहिले कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गानाले निर्वाह गरिरहेकी छिन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्