घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह – Kanika Khabar
Sunday, April 28Nepali News Portal

घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह

    मा प्रकाशित

कनिका खबर
साउन १६, काठमाडौं

कोरोना भाइरस सङक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ । आज अयोगले एक विज्ञप्ति जारी गर्दै भोलि परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन आग्रह गरेको हो । इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्मा मुफ्ती, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन आयोगका अध्यक्ष समिम अन्सारीले सीआइएनमार्फत आग्रह गर्नुुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्