घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह – Kanika Khabar
Monday, July 27Nepali News Portal

घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह

    मा प्रकाशित

कनिका खबर
साउन १६, काठमाडौं

कोरोना भाइरस सङक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ । आज अयोगले एक विज्ञप्ति जारी गर्दै भोलि परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन आग्रह गरेको हो । इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्मा मुफ्ती, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन आयोगका अध्यक्ष समिम अन्सारीले सीआइएनमार्फत आग्रह गर्नुुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्