भक्तपुरमा १३ सय ७१ मतदाता थपिए – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

भक्तपुरमा १३ सय ७१ मतदाता थपिए

    मा प्रकाशित

कनिका खबर
साउन १६, भक्तपुर
भक्तपुरमा एक हजार तीन सय ७१ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरकाले आज जानकारी दिए अनुसार आर्थिक वर्ष २०७६÷७७ मा उक्त संख्यामा मतदाता थपिएका हुन् । कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले गत वर्ष महिला ६ सय ७३ र पुरुष ६ सय ९८ गरी कूल एक हजार तीन सय ७१ जना मतदाता थपिएको जानकारी दिनुभयो । यससँगै भक्तपुरमा मतदाताको संख्या एक लाख ७९ हजार चार सय ७० पुगेको उहाले बताउनुभयो । निर्वाचन कार्यालयले गत वर्षको भदौ ८ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम अघि बढाएको थियो । कार्यक्रमअनुसार भक्तपुरमा जिल्लाबाट बाहिरी जिल्लामा ठाउँ सार्न नौ वटा निवेदन परेको सूचना अधिकारी बीसीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्