दाङ, साउन ५ ।
दाङको लुम्बिनी फुटबल एकेडेमीको यु – १६ टोली डाना कप खेल्न डेनमार्क पुगेको छ । युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपका लागि एकेडेमीका खेलाडीले मंगलबारदेखि प्रतिष्पर्धा गर्ने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी फुटबल एकेडेमीका डेनमार्क जान थालेको टोलीलाई बिदाई गर्दै शुभकामना दिएका थिए ।
च्यासलस्थित पार्टी कार्यालयमा बोलाएर एकेडेमीका १२ खेलाडी र ३ अफिसियललाई खादा लगायर बिदाई गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएको एकेडेमी सञ्चालक तथा म्यानेजर समीर वलीले बताए ।
एकेडेमीका टिम क्याप्टेन पृतम बुढालाई नेपालको झण्डा ओढाएर जितेर आउन प्रधानमन्त्री ओलीले शुभाकाना दिएका थिए ।
लुम्बिनी फुटबल एकेडेमी ब्यक्तिगत लगानीमा सञ्चालन हुँदै आएको छ । जस्ले पिछाडिपारिएको र बिपन्न परिवारका बालबालिकालाई निशुल्क रुपमा आवासीय सुविधा पनि दिने गरेको छ ।


