लालवीर चौधरी बने नाउपा अध्यक्ष – Kanika Khabar
Sunday, August 23Nepali News Portal

लालवीर चौधरी बने नाउपा अध्यक्ष

    मा प्रकाशित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

पार्टीले हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।

काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले प्रतिनिधि सभा सदस्यसमेत रहेका संरक्षक रेशम चौधरीका बाबु लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

‘हामीले धेरै मन्थन गरेर आठौं दिनमा अध्यक्ष परिवर्तन गर्ने निष्कर्षमा पुगेका हौं,’ लालवीरले पत्रकारहरूसँग भने, ‘सम्पूर्ण संघ र प्रदेशका सांसदहरूलाई बन्दीको निकासका लागि धन्यवाद दिन चाहन्छु। मैले अध्यक्षको जिम्मेवारी पाइसकेपछि विधि र पद्धतीका आधारमा नाउपालाई अघि बढाउनेछु।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्