एकदुई दिन ठूलो पानी नपर्ने पूर्वानुमान – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

एकदुई दिन ठूलो पानी नपर्ने पूर्वानुमान

    मा प्रकाशित

कनिका खवर
साउन १८,
अबको एक–दुई दिन लगातार झरी पर्ने सम्भावना नरहेको तर मनसुनका बेला देशभरका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थामा रहेकाले अब एक–दुई दिनलाई लगातार झरीको सम्भावना छैन् । महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिक बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसमविद् पौडेलका अनुसार स्थानीय रूपमा विकास हुने अन्य मनसुनी प्रणालीले पनि वर्षा गराउँछ त्यसैले सामान्य बदली हुने सम्भावना छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्