गोरखा कप भलिबलको उपाधि गोरखा घोराहीलाई – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

गोरखा कप भलिबलको उपाधि गोरखा घोराहीलाई

    मा प्रकाशित

घोराही । गोरखा कप भलिबल २०८२ को उपाधि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले हात पारेको छ ।

गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगिताको छात्र र छात्रातर्फको दुबै उपाधि आयोजक विद्यालयले नै हात पारेको हो ।

छात्र र छात्रातर्फको दुबै खेलका फाइनलमा गोरखा मावि घोराहीले गोरखा मावि तुलसीपुरलाई २–० विरुद्ध सोझो सेटमा पराजित गरी विजयी भएको हो । दुबै खेलमा गोरखा मावि तुलसीपुरले दोस्रो स्थान हात पारेको छ ।

प्रतियोगितामा गोरखा ग्रुपअन्तर्गत गोरखा मावि घोराही, तुलसीपुर, लमही र भालुबाङका छात्र÷छात्रा खेलाडीहरुको सहभागिता रहेको थियो ।

खेलमा उत्कृष्ट खेलाडीको रुपमा छात्रातर्फ गोरखा मावि तुलसीपुरकी अनिषा थापा, उत्कृष्ट स्पाइकर गोरखा मावि घोराहीकी अनिता पुन, छात्रतर्फ उत्कृष्ट खेलाडी गोरखा मावि घोराहीका सन्देश डिसी र उत्कृष्ट स्पाइकर गोरखा मावि तुलसीपुरका पवन ओली भएका थिए ।

खेलमा कृष्ण डाँगी र धनमाया बोहराले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

गोर्खा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता र घोराही उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भानसिंह बुढा मगरको प्रमुख आतिथ्यमा उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सदस्य महेन्द्र अधिकारी र घोराही खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले शुभकामना दिएका थिए ।

विद्यालयका प्रिन्सिपल मानसिंह घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शिक्षक शोभाकर पन्थीले गरेका थिए ।

गोर्खा ग्रुपको शैक्षिक क्यालेन्डरअनुसार तुलसीपुरमा फुटबल, घोराहीमा भलिबल र लमहीमा क्रिकेट खेल हुने सो ग्रुपले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्