चिनियाँ र अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री कार्कीलाई – Kanika Khabar
Friday, June 26Nepali News Portal

चिनियाँ र अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री कार्कीलाई

    मा प्रकाशित

काठमाडौँ । दक्षिणी छिमेकी भारत दुई कदम अगाडि बढेर नेपालको वर्तमान अन्तरिम सरकारलाई समर्थन गरिसकेको अवस्थामा ठुला शक्ति राष्ट्र चीन र अमेरिकाका नेपालस्थित राजदूतले बिहीबार एकैदिन प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् ।

गत भदौ २७ गते शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा पनि सहभागी नभएका दुवै देशका राजदूत बिहीबार केही घण्टाको बिचमा सिंहदरबार छिरेर कार्कीलाई बधाई दिएका हुन् ।

भेटमा प्रधानमन्त्री कार्कीले दुवै देशले नेपाललाई पुर‍्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास जनाइन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्