मेची अस्पताल भद्रपुरमा पर्सिबाट पीसीआर परीक्षण सुरु हुने – Kanika Khabar
Sunday, April 28Nepali News Portal

मेची अस्पताल भद्रपुरमा पर्सिबाट पीसीआर परीक्षण सुरु हुने

    मा प्रकाशित

कनिका खबर
साउन १९, झापा
झापाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्थापना भएको पीसीआर प्रयोगशालामा बुधबार अर्थात पर्सीबाट स्वाब परीक्षण सुरु हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले दिनु भएको जानकारी अनुसार काठमाण्डौं र विराटनगरबाट रिएजेन्ट प्राप्त हुनासाथ परीक्षण सुरु गरिने छ । डा. ठाकुरले भन्नु भयो ‘हामी रिएजेन्टको पर्खाइमा छौं, सम्भवत भोली सम्ममा माग गरिएको रिएजेन्ट प्राप्त हुनेछ र पर्सीबाट अस्पतालको दैनिक परीक्षण सुरु हुनेछ ।’ डा. ठाकुरका अनुसार भद्रपुरमा स्थापना भएको प्रयोगशालाले एक पटकमा कम्तिमा ९० वटा नमुनाको परीक्षण गर्नेछ । नमुना परीक्षणको लागि प्राविधिकहरुसंग अनलाईन तथा विभिन्न माध्यमबाट समेत कुराकानी भईरहेको र परीक्षणमा विश्वसनियता ल्याउन विज्ञहरुको सहयोग प्राप्त भईरहेको डा. ठाकुरको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्