नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य सुरु – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य सुरु

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाईरस (कोभिड १९) का कारण रोकिएको निर्माणधिन नागढुङ्गा –सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य सुरु भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण रोकिएको सुरुङ्ग मार्ग निर्माणको काम पुन सुरु भएको हो । यस्तै धादिङ तर्फको सिस्ने खोलाको खाल्टो पुर्ने काम सम्पन्न भई सकेको छ । सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम समेत तिब्र रुपमा अगाडि बढेको छ । राजधानी प्रवेशका लागी नौविसे–नागढुङ्ग सडक खण्डको सवारी जामको अन्त्य गर्नका लागि सुरुङ्ग मार्ग निर्माण कार्य सुरु गरिएको जापनीज कम्पनी हजमाले जनाएको छ । यस्तै सुरुङ्ग मार्ग ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाई भएको निर्माण कम्पनीको भनाई रहेको छ । सरकारले गौरवको आयोजनाहरु मध्ये एक मानिएको नागढुङ्ग सिस्ने खोला सुरुङ्ग मार्ग दुई दशमलव ६८ किलो मिटर लम्वाई रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्