सङ्क्रमण बढेपछि प्रशासनद्वारा विदुर शिल – Kanika Khabar
Monday, July 27Nepali News Portal

सङ्क्रमण बढेपछि प्रशासनद्वारा विदुर शिल

    मा प्रकाशित

कनिका खबर
साउन २२, नुवाकोट
कोरोना भाइरसका सङ्क्रमित बढेपछि नुवाकोटको विदुर नगरपालिका शिल गरिएको छ । अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । विदुर नगरपालिकामा कोभिड–१९ सङ्क्रमण समुदायमा फैलनबाट रोक्न नगरपालिकाका केही स्थान शिल गर्ने नपा कार्यालयको सिफारिस र कार्यालयको निर्णय अनुसार विदुरमा अर्को सूचना जारी नभएसम्मका लागि बुधबारबाट शिल गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण समुदायमा फैलिनबाट रोक्न विदुर नपा–९ को जिल्ला अस्पतालको सेवाबाहेक इन्टेक डिल, हातिगौंडा चोक, सामरी दोभान, सुनचापाको चौतारादेखि १२ नं खोला चौतारो किम्ताङ र हेभी गाडी चल्ने बाहेकका सडकहरू पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको प्रजिअ ढकालले बताउनुभयो । विदुर नगरपालिका वडा नं. ९ का एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएसँगै पूरै नगरपालिका शिल गरिएको विदुर नगरपालिकाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्