प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारलाई चुनाव चिह्न दिने कार्यक्रम – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारलाई चुनाव चिह्न दिने कार्यक्रम

    मा प्रकाशित

काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारलाई चुनाव चिह्न दिने कार्यक्रम रहेको छ ।

आयोगले आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी दिएको छ ।

मंगलबार भएको मनोनयन दर्तामा देशका १६५ निर्वाचन क्षेत्रमा ३४८६ उम्मेदवारी दर्ता भएको थियो ।  निर्वाचन आयोगका अनुसार कूल ३४८६ उम्मेदवारीमध्ये ३०८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्