श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ – Kanika Khabar
Monday, May 11Nepali News Portal

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    मा प्रकाशित

कैलाली । आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहालको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१३ राजपुर डेरा गरी बस्ने सोही उपमहानगरपालिका-८ घर भएका सतिङ दाहाललाई प्रहरीले पक्राउ गरेको छ  ।

घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट सतिङलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्