कनिका खबर
साउन २७, दाङ
राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलन गरिरहेको समयमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो । पत्रकार भेटघाटको क्रममा सुरक्षाकर्मीले ट्रम्पलाई केही भनेपछि उहाँ कार्यक्रम छाडेर भित्र अर्को कोठामा जानुभएको थियो । करिब नौ मिनेटपछि राष्ट्रपति ट्रम्प बाहिर आएर पत्रकारहरुलाई गोली चलेको जानकारी दिनुभएको छ । ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका छन् । घाइतेलाई अस्पताल लगिएको छ । ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो । त्यो स्थानबाट वित्तमन्त्री र अर्का एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो ।
मा प्रकाशित


