मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ ! – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूको  सम्पत्ति विवरण प्रति टिप्पणी गर्दै देश लंका बनेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सुन र सम्पत्तिलाई खेतबारीमा फुलेको तोरीसँग तुलना गर्दै बास्कोटाले देश लंका बनेको बताएका हुन् ।

उनले भनेका छन्- ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ- सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ। म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ- झिक्कै झिक्कै मया तम्लाई !’

सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन र नगद मौज्दात उल्लेख रहेको प्रति सामाजिक सञ्जाल र मिडियामा टिप्पणी भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्