अनुमतिबिना काठमाडौँ प्रवेश गर्न खोज्ने १९ हजारलाई फर्काइयो, मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइयो – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

अनुमतिबिना काठमाडौँ प्रवेश गर्न खोज्ने १९ हजारलाई फर्काइयो, मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइयो

    मा प्रकाशित

कनिका खबर
साउन २९, दाङ ।
सरकारले उपलब्ध गराउने अनुमति किार्डबिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई फर्काइएको छ । उनीहरु काठमाडौँभित्र विभिन्न नाकाबाट प्रवेश गर्न खोजेको थिए ।

लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको गृह मन्त्रालयले जनाएको हो ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएको छ । जसमध्ये ३ लाख ५४ हजार ८ सय २४ जनालाई सम्झाइएको छ भने ३९ हजार ५ सय ७ जनालाई मास्क दिएर पठाइएको छ ।

प्रहरीले मास्क नलगाउने २५ हजार २ सय ७ जनालाई जरिवाना गरेको छ । सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्