बुटवलमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

बुटवलमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मा प्रकाशित

बुटवल । रुपन्देहीको बुटवलमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । पाल्पाबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो ।

हिजो मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुबै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

बुटवल वडा नम्बर १३ मा पर्ने भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा परी स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन् । स्कुटरमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ ।

तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्