बुद्धका उपदेश आत्मसात गर्न मुख्यमन्त्री आचार्यको आह्वान – Kanika Khabar
Friday, May 1Nepali News Portal

बुद्धका उपदेश आत्मसात गर्न मुख्यमन्त्री आचार्यको आह्वान

    मा प्रकाशित


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गर्नुभएको छ ।
बुद्ध जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध का उपदेशहरूलाई आत्मसात गर्न सके धार्मिक, सांस्कृतिक र सामाजिक विविधताबीच आपसी सद्भाव र राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको हो ।
वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको त्रिसंयोगका कारण यस दिनलाई विशेष श्रद्धा र उत्साहका साथ मनाइने उल्लेख गर्दै उहाँले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले विश्व शान्तिका प्रतीक बुद्धको जन्मस्थल लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा सबैको साझा दायित्व रहेको बताउनुभयो । उहाँले लुम्बिनीको समग्र विकासका लागि तयार गरिएको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोडदिनुभयो ।
प्रदेश सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइरहेको जनाउँदै उहाँले बुद्धका अहिंसा, सदाचार र शान्तिका शिक्षाले व्यक्ति, समाज र राष्ट्रको समग्र उन्नतिमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बुद्धका अमूल्य उपदेशहरूलाई स्मरण गर्दै सम्पूर्ण मानव समुदायमा सहिष्णुता, एकता, अहिंसा र समर्पणको भावना जागृत होस् भन्ने कामना गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्