प्रधानन्यायाधीशको सिफारिश अहिलेसम्मकै राम्रो प्रक्रियाबाट गरेकाछौं- प्रवक्ता पोखरेल – Kanika Khabar
Friday, May 8Nepali News Portal

प्रधानन्यायाधीशको सिफारिश अहिलेसम्मकै राम्रो प्रक्रियाबाट गरेकाछौं- प्रवक्ता पोखरेल

    मा प्रकाशित

काठमाडौं । सरकारले प्रधानन्यायाधीशको सिफारिश अहिलेसम्मकै राम्रो प्रक्रियाबाट गरेको दाबि गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानन्यायाधीशको सिफारिस अहिलेसम्मनै पहिलो पटक कार्यक्षमताको आधारमा गरिएको बताउदै यो पहिलो पटक राम्रो प्रक्रियाबाट भएको दाबि गरेका हुन् ।

उनले भने- ‘नेपालको न्याय क्षेत्र सुधार गर्नुपर्छ, यसको लागि नीतिगत कानुनीसहितका धेरै कुरा सुधार हुनुपर्छ भन्ने कुरा पहिला देखि नै हुदै आएको हो । यो पाली पहिलो पटक प्रधानन्यायाधीशको सिफारिस मुद्धाको फर्स्यौटको हिसाबमा, इन्डिकेटरको हिसाबमा सिफारिस गरेर पठाएका छौं । यो नै पनि पर्फेक्ट पद्दति हो भनेर भन्न खोजेको होइन । तर अहिलेसम्मको इतिहास हेर्दा कार्यक्षमताको हिसाबमा सिफारिस भएको पहिलो पटक हो । यसलाई पनि क्रमबद्ध रुपमा सुधार गर्दै, अझ राम्रो प्रोसेस बनाउदै लैजानुपर्छ । तर यो अहिलेसम्मको राम्रो प्रोसेस भएको भन्ने हामीलाई लाग्छ ।’

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्