कर्मचारी युनियन अस्तित्वमा छैन- संघीय संसद सचिवालय – Kanika Khabar
Friday, May 8Nepali News Portal

कर्मचारी युनियन अस्तित्वमा छैन- संघीय संसद सचिवालय

    मा प्रकाशित

काठमाडौं । संघीय संसद सचिवालयले कर्मचारी युनियन अस्तित्वमा नरहेको जानकारी दिएको छ ।

शुक्रबार सचिवालयले सूचना जारी गर्दै केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८२ मार्फत संघीय संसद सचिवालयसम्बन्धी ऐन, २०६४ को दफा ७७ को उपदफा (ख) बमोजिमको कर्मचारी युनियनसम्बन्धी व्यवस्था हटाइएको जानकारी दिएको हो ।

सूचनामा सो ऐनमा कर्मचारी युनियनसम्बन्धी व्यवस्था नरहेकाले सचिवालयको २०८३ वैशाख २४ गतेको निर्णयअनुसार कर्मचारी युनियन अब अस्तित्वमा नरहेको उल्लेख गरिएको छ ।

सरकारले कर्मचारीको दलीय र आधिकारिक ट्रेड युनियन खारेज गर्ने निर्णय गरेसँगै संघीय संसद सचिवालयले कर्मचारी युनियन खारेज भएको जानकारी गराएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्