रोशनी मेचे राष्ट्रिय सभामा एमालेको सचेतक चयन – Kanika Khabar
Friday, May 8Nepali News Portal

रोशनी मेचे राष्ट्रिय सभामा एमालेको सचेतक चयन

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभामा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । एमालेका संसदीय दलका नेता राम बहादुर थापा बादलले मेचेलाई राष्ट्रिय सभातर्फको सचेतकमा नियुक्त गरेका हुन् ।

शुक्रबार नै अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त सचेतक मेचेलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

गत माघमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा मेचे कोशी प्रदेशबाट एमालेको तर्फबाट महिला कोटामा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभा पुग्ने उनी पहिलो महिला पनि हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्