काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले ल्याउने बजेट बारे प्रतिपक्षीसँग छलफल नगरेको भन्दै आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रतिपक्षी दलसँग छलफल नगरी एकलौटी रूपमा बजेट ल्याउन लागेको आरोप लगाउदै यो बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बजेट हो भन्दै प्रश्न गरेका थिए ।
राज्य ढुकुटी भएकाले सबैसँग छलफल गरेर बजेट बनाउनुपर्नेमा जोड दिए । उनले भने- ‘यो बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बजेट हो, बजेट सरकार र सरकारमा बस्नेको गोजीको पैसा हो ? राष्ट्रिय ढुकुटी भए प्रतिपक्षीसँग सल्लाह गरेर सबैतिरको जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बजेट बनाउनुपर्ने होइन र ?’
उनले सरकारले लिएको ऋणको औचित्य पुष्टि गर्न आग्रह गर्दै विदेशी ऋण लिने विषय संसदमा छलफल गर्न माग गरेका थिए ।


