नापी र मालपोत सेवा एकीकरण गर्दै स्थानीय तहसम्म विस्तार हुने – Kanika Khabar
Monday, May 11Nepali News Portal

नापी र मालपोत सेवा एकीकरण गर्दै स्थानीय तहसम्म विस्तार हुने

    मा प्रकाशित

काठमाडौं । सरकारले नापी र मालपोत सेवालाई एकीकरण गर्दै स्थानीय तहसम्म विस्तार गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार संयुक्त संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख गरिएको हो । जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा स्थानीय तहमा विस्तार गर्ने सरकारको योजना रहेको नीति कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पौडेलले आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइने समेत बताए । ‘नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिने भएको छ । आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइनेछ, नीति तथा कार्यक्रममा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्