ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर हरिसिद्धि बस्ने चितवन भरतपुर महानगरपालिका-२४ घर भएका २८ वर्षीय सुमन विक र २५ वर्षीय अविनव रावल रहका छन् । प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कस्थित जलजला रांसी होटलबाट अवध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम र नगद १९ हजार ३ सय ५० रूपैयाँ सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ सर्रा बस्ने २४ वर्षीय करण डाँगी, २३ वर्षीय भरत सुनार, सोही उपमहानगरपालिका-१८ फुर्सेकाली बस्ने १९ वर्षीया बिमला बुढा मगर र सोही उपमहानगरपालिका-१५ स्वर्गद्वारी टोल डेरा गरी बस्ने प्युठान घर भएका २१ वर्षीय देबका थापा क्षेत्री रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ नवबिहानी टोलस्थित घोराही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय शकंर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित बराहताल गाउँपालिका-९ फिनिकाँडा बस्ने १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


