प्रकोप पीडितलाई नगरपालिकाको राहत – Kanika Khabar
Monday, July 27Nepali News Portal

प्रकोप पीडितलाई नगरपालिकाको राहत

    मा प्रकाशित

कनिका खबर
साउन ३१, नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिकाले विपद्मा परी पूर्ण रुपमा घर क्षति भएकाहरूलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको पूर्ण बैठकले नगर क्षेत्रभित्र रहेका प्राकृतिक प्रकोप तथा बाढी पहिरोबाट घर क्षति हुनेहरूलाई राहत दिने निर्णय गरेको हो । बैठकले विपद्बाट पूर्ण रुपमा घर क्षति हुनेलाई एक लाख रुपैयाँ, मानवीय क्षति (मृत्यु) भएमा ५० हजार प्रति व्यक्ति, मानवीय क्षति (घाईते) भएमा सरकारी अस्पतालको बिलको भरपाई अनुसार बढीमा प्रति व्यक्ति २५ हजार रुपैयाँ दिने निर्णय गरेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।
विपद्बाट नगरबासीको गाई र भैँसीको गोठ वा दुईसय कुखुरा भन्दा बढी भएका खोर पूर्णरुपमा क्षति भएमा बढीमा १५ हजार रुपैयाँ दिने निर्णय भएको छ । यस्तै, दुहुनो भैँसी क्षति भएमा २५ हजार, अन्य भैँसीको हकमा १५ हजार, बाख्रा, खसी, बोकाको लागि ५ हजार र दुईसय भन्दा बढी कुखुरा भएमा प्रति गोटा ५० रुपैंयाँ क्षतिपूर्ति रकम दिने निर्णय नगरले गरेको छ । विपद्बाट खाद्यान्नहरू गहुँ, कोदो, मकै, धान लगायतका अन्नबाली नष्ट भएमा कृषि प्राविधिकको मूल्यांकनका आधारमा ५० प्रतिशत क्षतिपूर्ति रकम दिने निर्णय भएको पनि नगरपालिका कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्